विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु


२७ मंसिर २०७८, सोमबार


विराटनगर । बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ ।

प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको बताइएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकलले कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–१ स्थित गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका थिए ।

सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति ८ बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । पटेलको उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको जानकारी खड्काले दिएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अशोक अधिकारी सामान्य घाइते भएका छन् । अधिकारीको विराट शिक्षणमै उपचार भइरहेको छ । अधिकारीको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस