काँग्रेस महाधिवेशनमा पौडेलले मतदान नगर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस महाधिवेशनमा पौडेलले मतदान नगर्ने


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । काँग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् ।

नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने बताइएको छ ।

सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए।

आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको पौडेलले घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस