काठमाडौँ–बहराइन सिधा उडानबारे छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ–बहराइन सिधा उडानबारे छलफल


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौँ–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ ।

बिएसी भवनमा भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौँ मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटका क्रममा अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस