एनआरएनएको प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एनआरएनएको प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन् ।

उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो।

बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन् । यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएपछि बन्जरालाई नियुक्त गरिएको हो।

गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर २६ र २७ मा नलाइन मतदान हुने तयारी गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस