आज बिहानबाट काँग्रेस महाधिवेशनमा मतदान सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज बिहानबाट काँग्रेस महाधिवेशनमा मतदान सुरु


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार (आज) बिहानबाट मतदान सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।

निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ । काँग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ । यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुनेछ र मतगणना पनि सभागृहमै हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । निर्वाचनमा मतदानका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । त्यस्तै, निर्वाचनमा २९ वटा मतपत्र प्रयोग गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस