मायाज भेन्यू बैंक्वटको सञ्चालन सेवा रोक्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मायाज भेन्यू बैंक्वटको सञ्चालन सेवा रोक्का


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । काठमाडौँको कलंकीस्थित मायाज भेन्यू बैंक्वटको व्यवसाय रोक्का गरिएको छ ।

बिहे भोजको क्याटरिङको खानामा खसीको मासु सडे गलेको, बिग्रिएको गन्ध आएको उपभोक्ताको उजुरी पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धानका लागि तत्काल खाद्य निरीक्षक टोली खटाई हालका लागि उक्त बैंक्वटको व्यवसाय रोक्का गरी कारबाही प्रक्रिया अघि बढाइएको हो ।

साथै विभागको निरीक्षण टोलीले किचेन, स्टोर, फ्रिज लगायतमा सरसफाइको उचित व्यवस्था गर्न तथा खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४ का आधारभूत एवं क्रिटिकल मापदण्ड पुरा गराउन समेत निर्देशन दिएको छ ।

पछिल्लो समय विवाह, व्रतबन्धलगायत जमघटका अधिकांश कार्यहरू होटेल, रेस्टुरेन्ट तथा क्याटरिङहरुमा गर्ने क्रम बढेसँगै गुणस्तरहीन खाना खुवाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै यी क्षेत्रमा राज्यले विशेष निगरानी राख्न जरुरी छ । खासगरी धेरै सङ्ख्यामा खाना खुवाउने तथा विभिन्न कार्यक्रमहरूका लागि तयार गरिने खाना खाजाहरूमा गुणस्तरीयताको प्रश्न उठ्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस