भीम रावललाई स्थायी कमिटी सदस्य बनाउन भट्टराईको प्रस्ताव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भीम रावललाई स्थायी कमिटी सदस्य बनाउन भट्टराईको प्रस्ताव


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनीत गर्न माग गरेका छन् ।

आज (आइतबार) भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव गरेका छन् । त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम छैन।

बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् । उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस