क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु


२६ मंसिर २०७८, आइतबार


हवाना । तेइस जना आप्रवासी बोकेको एउटा स्पीडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ ।

यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त दुर्घटना भएको जनाइएको छ ।

उक्त दुर्घटनामा दुई पुरुषको शव फेला परेको छ भने दुई नाबालिग, सात महिला र अन्य १२ जना पुरुषको उद्धार गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

हवानासँग सीमा जोडिएको प्रान्त मायाबकको सान्ता क्रुज डेल नोर्टे सहर नजिकै उक्त दुर्घटना भएको हो ।

गत मे महिनामा पनि संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको किनारमा पुग्ने प्रयास गर्दा समुद्रमा दुई क्युबाली आप्रवासीको मृत्यु भएको र अन्य १० जना बेपत्ता भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस