कांग्रेस सभापतिमा डा. कोइराला र निधिको उम्मेदवारी दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस सभापतिमा डा. कोइराला र निधिको उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला र विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि आजै सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गरिसकेका छन् ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा भर्खरै चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापति पदामा उम्मेदवारी दर्ता गराएका छन् । यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए ।

त्यस्तै सहमहामन्त्रीमा रञ्जीत कर्ण, रामकृष्ण यादव, किशोरसिंह राठौर, कमला पन्त, जीवन परियार, विकास लामा र तेजुलाल चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस