शेखरको टिमबाट चुनाव लड्ने उम्मेदवारको टुंगो लाग्यो, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

शेखरको टिमबाट चुनाव लड्ने उम्मेदवारको टुंगो लाग्यो, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको दाबेदार रहेका शेखर कोइरालाको टीमबाट चुनाव लड्ने उम्मदवारको टुंगो लागेको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।

कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको हो ।

यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम टुंगो लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस