युवराज न्यौपानेद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

युवराज न्यौपानेद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता युवराज न्यौपानेले सभापतिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबारदेखि सुरु भएको काँग्रेसको १४ औं महाधिवेशनमा न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपनि अहिले देखिएका उम्मेदवारहरुले कांग्रेस परिवर्तनको एजेण्डा आत्मसात गर्न नसकेको भन्दै न्यौपानेले उम्मेदवारी दिएको बताएका छन् ।

आज कांग्रेस महाधिवेशनको दोस्रो दिन नेताहरुले आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन् । यसअघि नेता कल्याण गुरुङले पनि सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस