बेनीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बेनीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


२५ मंसिर २०७८, शनिबार


म्याग्दी । सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धाइरिङको घाखेतबाट मिलन चोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्याक्टरले च्यापिएको शव निकालेका थिए ।

दुर्घटना भएको ट्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्याक्टर मिलन चोकबाट हराएको थियो । ट्याक्टरमा तीनजना सवार थिए । सकुशल दुई जनाले आफूहरूले ट्याक्टर मिलन चोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस