ललितपुरमा विद्यार्थीका लागि विशेष चित्रकला कक्षा सञ्चालन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललितपुरमा विद्यार्थीका लागि विशेष चित्रकला कक्षा सञ्चालन


२५ मंसिर २०७८, शनिबार


ललितपुर । चित्रकलाका माध्यमबाट अघि बढ्न चाहने विद्यार्थीका लागि यहाँ विशेष चित्रकला कक्षा सञ्चालन गरिएको छ ।

योङ पिकासोको आयोजना तथा प्रतिभा समाजको सहकार्यमा आजदेखि हरेक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा कुपण्डोलस्थित हिमालय होटल अगाडिको सातोआकी भवन उक्त कक्षा चल्ने भएको हो ।

घरमा शनिबार बिदाका दिन के गरेर बसौँ भन्ने १२ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि सो कार्यक्रम अघि बढाइएको पिकासोका निर्देशक एवं चित्रकार अजय देसारले बताए ।

उनले भने, ‘हामीले यस कक्षामा विद्यार्थीलाई उनीहरुको इच्छाअनुरुपको चित्र कोर्न सिकाउने छौँ, हरेक शनिबार मात्रै २५ विद्यार्थीलाई चित्रकला कोर्न सिकाइने छ ।’ सुलभ शुल्कमा सो विद्यार्थीले छ महिनाको चित्रकला पाठ्यक्रमअर्थात् कोर्स सिक्न पाउने देशारले जानकारी गराए ।

मुलुकमा केही समयअघि फैलिएको कोरोना महामारीका कारण विद्यार्थीले अतिरिक्त गतिविधिमा खासै ध्यान दिन नपाएका कारण कतै उनीहरुमा भएको खुबी हराउने त होइन भन्ने डरका कारण सो कक्षा सञ्चालन गरिएको पिकासोका चित्रकार सूर्य दूतराजले बताए ।

मुलुकका विद्यालयमा खासै चित्रकला विषयपप्रति आकर्षण नदेखिएकाले सोतर्फ पनि विद्यार्थीको आकर्षण बढ्नुपर्छ भन्ने मनसायअनुरुप कक्षा चलाइएको अर्का चित्रकार सितु मास्केको भनाइ छ ।

पिकासोले नौ वर्षअघि ललितपुरमा स्थापना भएर यहाँका गाउँगाउँमा पुगी चित्रकलाको विकास गर्दै आएको छ । पिकासोमार्फत आफूहरुले वर्षको दुई पटक ललितपुरका धेरै ठाउँमा पुगी चित्रकला कोर्ने सिकाउने गरेको चित्रकार राजेश श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस