अत्याधिक रक्तश्राव भएपछि गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अत्याधिक रक्तश्राव भएपछि गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


२४ मंसिर २०७८, शुक्रबार


रुकुम । रुकुम–पूर्वबाट एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्माकी एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । सात महिनाकी गर्भवती स्थानीय १८ वर्षीया रोदना कामीको अत्याधिक रक्तश्राव भएपछि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

प्रजिअ बास्कोटाका अनुसार सुत्केरी हुने समय अवधि नपुग्दै अत्याधिक रक्तश्राव भएपछि उनलाई पेल्मा स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्यकर्मीले बाहिर लैजान सल्लाह दिएपछि नेपाली सेनाको हेलिकप्टर बोलाएर शुक्रबार दिउँसो साढे ३ बजे सुर्खेत पठाइएको प्रजिअ बास्कोटाले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गममा रहेका महिलालाई उद्धार गर्ने गरिएको छ । सडक सञ्जालसँग नजोडिएको र भरपर्दो स्वास्थ्य संस्था नहुँदा दुर्गमका महिलाले सास्ती खेप्न बाध्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस