कांग्रेस महाधिवेशन : बन्दसत्र आजै हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस महाधिवेशन : बन्दसत्र आजै हुने


२४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए । बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस