काँग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड लगायत शीर्ष नेताहरु भृकुटीमण्डपमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड लगायत शीर्ष नेताहरु भृकुटीमण्डपमा


२४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न पार्टीका शीर्ष नेताहरु भृकुटीमण्डपमा पुगेका छन् ।

भृकुटीमण्डपमा आज ९शुक्रबार० देखि सुरु भएको काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरु कार्यक्रम स्थलमा पुगिसकेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि मञ्चमा पुगिसकेका छन् । सभापति देउवा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका छन् ।

यसअघि नेता पौडेलले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए । उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भइसकेका छैनन् । ओली सहभागी हुने कार्यक्रम भएपनि त्यहाँ पुग्न ढिलाइ भएको हो । काँग्रेस महाधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निम्ता गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस