लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उम्मेदवार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उम्मेदवार


२३ मंसिर २०७८, बिहिबार


त्रिपोली । लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

‘उनीहरू सबैले उम्मेदवारी दर्ताका लागि आवश्यक सवै कागजपत्र र प्रक्रिया पूरा गरेका छन्,’ आयोगद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

आयोगका अधिकारीहरूले उम्मेदवारी दर्ताको समय अवधि गत मङ्गलबार नै सकिएको जानकारी पनि दिएका छन् ।

निर्वाचनमा देशभरीका २८ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको आयोगले जनाएको छ ।

संसद सदस्य चयनका लागि हुने निर्वाचनका लागि भने आगामी सन् २०२२ को जनवरीमा मतदान हुने तय भएको छ ।

लिबियामा नयाँ राष्ट्रपति चयनका लागि डिसेम्बर २४ मा निर्वाचन हुन लागेको छ । लिबियामा शान्ति स्थापनाको चरण अन्तर्गत अहिले निर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस