नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध मुद्दा


२३ मंसिर २०७८, बिहिबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झा विरुद्ध आज मुद्दा दायर गरिएको हो ।

कम्पनीले रु १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ रु २९ लाख ४२ हजार ९८२ र चार लाख ५५ हजार ८७७ गरी कूल रु ५० लाख ७६ हजार १९३ बराबरको राजश्व चुहावट गरेको पाइएको छ । विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस