अख्तियार हेटौडामा ५ महिनामा ९१७ उजुरी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अख्तियार हेटौडामा ५ महिनामा ९१७ उजुरी


२३ मंसिर २०७८, बिहिबार


वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेको छ ।

भष्टाचार विरुद्द अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हैटौँडाद्वारा आज यहाँ आयोजित भष्ट्राचार नियन्त्रण र सुशासन विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार कार्यालयमा चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मङ्सीर २० गतेसम्ममा परेकोमध्ये ३३० फछ्र्यौट भएको छ भने ५८७ वटा उजुरी फछ्र्यौट हुँन वाँकी रहेको जनाइएको छ ।

कार्यालय प्रमुख रविन्द्र शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा ११ जिल्लाकार्य क्षेत्र रहेको सो कार्यालयमा वारा जिल्लाको सबैभन्दा बढी उजुरी परेको जानकारी दिइएको छ ।

विगत पाँच महिनामा परेको कूल उजुरीमध्ये बाराको २४९, पर्साको १८७, मकवानपुरको १७३, रौतहटको १६०, चितवनको ९०, दोलखाको १६, धादिङको १५, काभ्रेपलान्चोकको १२, रामेछापको १२, सिन्धुपाल्चोकको दुई र नुवाकोटको एक उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भष्टाचार एव्म अनियमितताका सम्वन्धमा सबैभन्दा बढी बाराको २४९ उजुरी परेको छ भने मन्त्राालयगतअनुसार सङ्घीय मामिलाको (स्थानीय तह)को सबैभन्दा बढी ४४४ उजुरी परेको कार्यालयका प्रमुख शर्माले भने ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महत र अख्तियार हेटौँडाका सिनियर डिभिजिनल अधिकृत मोहनदत्त भट्ट र उपसचिव विष्णुप्रसाद सापकोटाले भष्टाचार विरुद्ध आ-आफना विचार व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस