पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सरकारले पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने बताए । त्यसैगरी दोस्रो चरणको खोप माघ २ गतेदेखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । हाल शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन भइरहेको महाशाखाका प्रमुख विवेक लालले बताए ।

यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागले जनाएको छ । यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस