१५ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१५ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । कोभिड–१९ विरुद्धको झन्डै १५ लाख डोज मोडर्ना खोप नेपाल आइपुगेको छ ।

कतार एयरको जहाजमार्फत आज (बिहीबार) दिउँसो ३ बजे सो खोप नेपाल आइपुगेको हो ।

गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप नेपाल आइको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

थप १९ लाख ६५ हजार ६०० डोज खोप आइतबार आइपुग्ने पनि विभागले जनाएको छ ।

यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो । सरकारले मोर्डना खोप दुर्गम तथा हिमाली जिल्लाका विद्यालयलाई केन्द्र बनाएर १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दिने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस