संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा


२३ मंसिर २०७८, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमाथि भएको शृङ्खलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ ।

एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको बहु आयामिक एकीकृत स्थिरता मिसनप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् ।

उनीहरुले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बन्दियागारा, मध्य मालीमा भएको यस विस्फोटमा सात जना टोगोका नागरिक र मालीका एक ठेकेदारको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका मिसनले बुधबार आफ्नो ट्विटर खातामा घोषणा गरेको छ ।

संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गत महिना उत्तरी मालीमा भएको आक्रमणमा घाइते भएका इजिप्टका शान्ति सैनिकको सोमबार मृत्यु भएको पुष्टि गरेका छन् ।

काउन्सिलका सदस्यहरूले मालीको सङ्क्रमणकालीन सरकारलाई आक्रमणको चाँडो अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस