अब सवारी चालकले कारबाही परेको स्थानमै जरिवाना तिर्न पाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब सवारी चालकले कारबाही परेको स्थानमै जरिवाना तिर्न पाउने


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेन्ट सिस्टम’ को सुरुवात गरेको छ ।

महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाटै जरिवाना रकम तिर्ने व्यवस्थाको सुरुवात गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सन्जिव शर्मा दासले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताए । उनले अबदेखि चिट काटेपछि जरिवाना तिरेर कागजपत्र लिन ट्राफिक कार्यालय पुग्न नपर्ने बताए ।

प्रमुख भट्टराईले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताए ।

महाशाखाले पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुरु गरेको हो ।

त्यस्तै मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लङ्घन गरेका सवारीसाधन चालकले तत्काल जरिवाना तिरेपनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस