परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा.डा. घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा.डा. महानन्द चालिसे, डा.महाश्रम शर्मा र प्रा.डा. शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ ।

सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस