श्रीलङ्काको क्रिकेट रङ्गशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

श्रीलङ्काको क्रिकेट रङ्गशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु


२२ मंसिर २०७८, बुधबार


कोलम्बो । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । रङ्गशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मंगलबार बेलुका हात्तीले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रङ्गशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन । उनीहरुलाई एउटै हात्तीले आक्रमण गरेको थियो । घटना भएको ठाउँ पहिलेदेखि नै हात्तीको आतङ्क हुने गरेको ठाउँ हो ।

जङ्गली तथा ग्रामीण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ती र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन् ।रङ्गशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस