नेप्से परिसूचक ५३ अङ्कले घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेप्से परिसूचक ५३ अङ्कले घट्यो


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । सेयर बजार २०७८ सालकै न्यून बिन्दुमा झरेको छ । बजारको परिसूचक नेप्से ५३ अङ्कले झरेसँगै २४५५ अङ्कमा कायम भएको छ । यो अङ्क २०७७ चैत ४ गतेयताकै न्यून विन्दु हो । २०७७ चैत ४ गते बजार २४३१ अङ्कमा थियो ।

मुख्यतः बैंकहरुमा तरलताको चरम सङ्कट उत्पन्न भएसँगै बजार प्रभावित भएको हो । भदौको ३ गते कारोबार भइरहँदा परिसूचकले ३२ सय अङ्क नाघेको थियो । कारोबार बन्द हुँदा भने भदौ २ गते ३१९८ को अङ्क नै हालसम्मकै उच्चतम अङ्क हो ।

आज (बुधबार) जम्मा २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम पनि पछिल्ला दिनमा घटेको छ ।

हिजो (मंगलबार) ३ अर्ब १२ करोड तथा सोमबार ४ अर्ब ५४ करोडको कारोबार भएको थियो । बजार उच्चतम अङ्कमा पुगेका बेला (साउन अन्तिम र भदौको पहिलो साता) दैनिक २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको थियो ।

बुधबार सेयर बजारका सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ २६, व्यापार ९९, होटल तथा पर्यटन ७५, विकास बैङ्क १५१, जलविद्युत ८९, फाइनान्स ७४, निर्जीवन बीमा २३५, उत्पादन १७०, अन्य २२, माइक्रोफाइनान्स १२५ र जीवन बीमा उपसमूह २९४ अङ्कले घटे ।

यस दिन ७ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । १८१ कम्पनीको मूल्य घटेको छ । स्टान्डर्ड चार्टड बैङ्कको मूल्य सबैभन्दा धेरै १.९४ प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस