संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा


२२ मंसिर २०७८, बुधबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ ।

कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आइसोलेसनमा रहेको उनका उपप्रवक्ता फरहान हकले बताएका छन् ।

गुटेर्रेसलाइ कुनै लक्षण नदेखिएको र सुरुको परीक्षणमा नेगेटिभ भएता पनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन् ।

बिहीबार डिसेम्बर ९ मा उनको पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्ने हकले मंगलबार संयुक्त राष्ट्रसङ्घको प्रेस सम्मेलनमा बताएका छन्।

महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसङ्घीय आपत्कालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो । आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।

बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसङ्घ संवाददाता सङ्घको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ ।

७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये थिए । उनले गत नोभेम्बर २६ मा एक बुस्टर डोज लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस