राप्रपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राप्रपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)कोनवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजेका लागि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएका हुन् ।

राप्रपाले बैठकलाई नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुबिच परिचयात्मक बैठक भनेको छ। बैठकमा निवर्तमान अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र कमल थापालाई पनि निमन्त्रणा गरिएको छ ।
तर, नवनिर्वाचित अध्यक्ष लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष थापा भने नजानेबताइएको छ । थापाले पार्टीको महाधिवेशनमानिर्मल निवासको हस्तक्षेपबारे छानबिन हुनुपर्ने भन्दै बैठकमा सहभागी नहुने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस