सभापतिको उम्मेदवार टुङ्गो लगाउन पौडेल समूहको बैठक सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभापतिको उम्मेदवार टुङ्गो लगाउन पौडेल समूहको बैठक सुरु


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेलसहित नेताहरु सहभागी छन् । बैठक सुरु भएपछि केहीबेरमै बाहिर निस्किँदै नेता पौडेलले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा सभापतिका लागि सो समूहबाट आकाङ्क्षी बनेका चारैजना नेताहरु बैठकमा नबस्ने र बैठकमा सहभागीहरुले छलफल गरी गर्ने निर्णयलाई आफूहरुले मान्ने बताए ।

मङ्गलबार दिनभर सभापतिका आकाङ्क्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको थियो ।

आउँदो शुक्रबारदेखि काठमाडौँमा काँग्रेस महाधिवेशन सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस