भेरी अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भेरी अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु


२२ मंसिर २०७८, बुधबार


बाँके । नेपालगन्जको भेरी अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

यही मङ्सिर ४ गते बर्दियामा पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी मङ्गलवार भेरी अस्पतालमा भर्ना भएका थिए।

स्वास्थ्यमा कुनै सुधार नआएपछि मङ्गलवार राती साढे १० बजे उनको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस