बाजुरामा रक्तश्रावबाट सुत्केरीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुरामा रक्तश्रावबाट सुत्केरीको मृत्यु


२२ मंसिर २०७८, बुधबार


बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ ।

हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो ।

चदारका श्रीमान् बिनेले भने, ‘गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो ।’

चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ ।

घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्यचौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस