ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् ।

मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो ।

उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पिसिआर रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम पहिलोपटक गत २४ नोभम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।

नेगेटिभ रिपोर्टसहित काठमाडौं उत्रिएको चार दिनपछि ७ मंसिरमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनीहरू पिसिआर परीक्षणका लागि एक निजी प्रयोगशाला पुगेका थिए ।

अफ्रिकाबाट आएकाले पनि शंकास्पद सूचीमा परेका उनीहरूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एस–जिन सिक्वेन्सिङ गरिएको थियो । आइतबार आएको रिपोर्टमा उनीहरूमा ओमिक्रोन पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस