गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट, भाँचियो दाँत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट, भाँचियो दाँत


२२ मंसिर २०७८, बुधबार


सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट भएको छ ।

गाउँ कार्यपालिकाको बैठकका क्रममा मंगलबार अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबिच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ ।

जानकारी अनुसार किसानलाई गहुँको बिउँ वितरण गर्ने विषयमा भएको विवादले उग्र रूप लिएपछि झडप हुँदा अध्यक्षको दुई वटा दाँत भाँचिएको हो ।

अध्यक्ष र उपाध्यक्षबिचको विवादकै कारण गाउँपालिकाको पछिल्लो दुई वर्षको गाउँ सभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलनपछि एक साताअघि मात्रै गाउँ सभा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस