२७ औँ महानगर दिवस तीन दिन मनाउने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२७ औँ महानगर दिवस तीन दिन मनाउने


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ ।

समारोहका संयोजक काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित यही मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो । सो अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिनेछ ।

कोरोनाको अवस्था हेरी सामान्य नै रहेमा दिवसको अन्तिम दिन १९ गते वसन्तपुरमा मूल समारोह आयोजना हुनेछ । त्यस दिन परम्परागत बाजा गुरु कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गर्ने कार्यक्रम रहेको प्रमुख शाक्यले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले २०५२ साल मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस