किशोरी बलात्कार गर्ने १० जनालाई १३ वर्ष कैद र १ लाख जरिवाना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

किशोरी बलात्कार गर्ने १० जनालाई १३ वर्ष कैद र १ लाख जरिवाना


२१ मंसिर २०७८, मंगलबार


परासी । नवलपरासी जिल्ला अदालतले १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने १० जनालाई जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

२ वर्षअघि जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

हिजो (सोमबार)को इजलासले गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरूप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको बताइएको छ । घटनामा संलग्न १० मध्ये ९ जना घटना लगत्तै पक्राउ परेका थिए भने एक जना अझै फरार छन् ।

जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामूहिक बलात्कार गरेका थिए ।

घटनामा संलग्न भएर सजाय पाउनेमा सुस्ता गाउँपालिका–३ फेनरहवा र सेखवानी गाउँका हुन् । उनीहरू सबैको उमेर १९ देखि ४० वर्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस