इराकको बसरामा विस्फोट हुँदा ४ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इराकको बसरामा विस्फोट हुँदा ४ जनाको मृत्यु


२१ मंसिर २०७८, मंगलबार


बग्दाद । इराकको दक्षिणी सहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विस्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल(सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विस्फोट भएको इराकी संयुक्त अपरेसन कमान्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विस्फोटले नजिकैका दुई वटा नागरिक कारहरूमा आगजनी गरेको छ जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । विस्फोटक विज्ञ र सुरक्षा बलले विस्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस