पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना सङ्क्रमण , ३०४ जना निको « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना सङ्क्रमण , ३०४ जना निको


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ भने ८ लाख ५ हजार २०५ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३५२ जना रहेका छन् । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२३ जना आइसियु र ३० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस