राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तालिका र कार्यक्रम स्वीकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तालिका र कार्यक्रम स्वीकृत


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते दिने, २२ र २३ गते उजुरीमाथि छानबिन गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गतेदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस