कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतो नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतो नियुक्त


२१ मंसिर २०७८, मंगलबार


धनुषा । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयका उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । आज (मंगलबार)मुख्यमन्त्री लालबाबु राउतले डा। महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।

नवनियुक्त उपकुलपति डा. महतो प्रदेश २ को नीति तथा योजना आयोगका पूर्व सदस्यसमेत हुन् । सिरहाको मिर्चैया नगरपालिका– २ का डा.महतोलाई विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री राउतले नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस