मोटरसाइकल चोरेको आरोपमा काठमाडौँबाट ७ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल चोरेको आरोपमा काठमाडौँबाट ७ जना पक्राउ


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा काठमाडौँबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेर ट्राफिक प्रहरी महाशाखाले मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रौतहट घर भएका नर कुमार पुडासैनी, जुम्लाका पुन्दलाल बुढा, बारा घर भएका रन्जित प्रसाद गुप्ता, काठमाडौँका सन्तोष महर्जन र रौतहट घर भएका ज्ञानेन्द्र चौधरी छन् ।

रौतहट घर भएका ३२ वर्षीय रवि कुमार कुशवाहा र उदयपुरका कमल बहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुरको ढाल्पा ग्यारेजबाट पक्राउ परेका २२ वर्षीय रन्जित प्रसाद गुप्ता मोटरसाइकल वर्कशप संचालक हुन् । आरोपीहरुको साथबाट ८ थान चोरीका मोटरसाइकल बरामद गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस