बूढीगण्डकी बनाउने हो: अर्थमन्त्री शर्मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बूढीगण्डकी बनाउने हो: अर्थमन्त्री शर्मा


२१ मंसिर २०७८, मंगलबार


धादिङ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् ।

त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बूढीगण्डकी बनाउने हो ।’

त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो ।

यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए ।

विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस