कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वर्षिया सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस