सभापतिको उम्मेदवार टुङ्गो लगाउन आज पनि काँग्रेस छलफलमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सभापतिको उम्मेदवार टुङ्गो लगाउन आज पनि काँग्रेस छलफलमा


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर पक्ष पार्टीको १४ औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुङ्गो लगाउन आज पनि छलफलमा जुट्दै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाबिच सोमबार भएको छलफल टुङ्गोमा नपुगेपछि मङ्गलवार पुनः छलफल हुन लागेको हो ।

यी चारै जना नेताहरूले सभापतिको उम्मेदवारमा दाबी गरेकाले सहमति जुटाउन सकस परिरहेको छ । सोमबार भएको सहमति अनुसार मङ्गलवार दिउँसो एक बजे पुनः चार जना नेताहरू ठमेलको चाक्सीबारीस्थित सिंहको निवासमा छलफलमा बस्दै छन् ।

यही मङ्सिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौँ हुने काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन पक्षबाट हालका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस