आज केही स्थानमा हिमपात र वर्षाकाे सम्भावना, पहाड र तराईमा हुस्सु र कुहिरो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज केही स्थानमा हिमपात र वर्षाकाे सम्भावना, पहाड र तराईमा हुस्सु र कुहिरो


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । देशका विभिन्न भागमा आज हिमपात र वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मङ्गलवार (आज) बिहान साढे ६ बजे काठमाडौँको तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराइका केही भाग र पहाडी भू–भागका थोरै स्थानमा कुहिरो र तुवाँलो लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस