२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसले भारतलाई महाशक्ति, समयको परीक्षित मित्रको रूपमा बुझेको छ- राष्ट्रपति पुटिन

अ+ अ-

नयाँ दिल्ली । सोमबार २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र समय(परीक्षित मित्रको रूपमा बुझेको बताएका छन् ।

‘हामीले भारतलाई एक महान् शक्ति, एक मित्र राष्ट्र र एक समय-परीक्षित मित्रको रूपमा बुझ्छौं। हाम्रा राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गएको छ र म भविष्यलाई हेरिरहेको छु,’ पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा आफ्नो उद्घाटन टिप्पणीमा भनेका छन्। राष्ट्रपति पुटिनले टिप्पणी गरे ‘गत वर्ष भारत र रुसबीचको व्यापार १७ प्रतिशतले घटेको थियो तर २०२१ को पहिलो ९ महिनामा दुवै देशले ३८ प्रतिशतले व्यापार बढेको अनुभव गरेका छन्।

सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो। रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका थिए। छलफलका क्रममा दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि कुराकानी गरेका थिए ।
‘हामी पक्कै पनि आतङ्कवाद र यसको विरुद्धको लडाइसँग सम्बन्धित सबै कुरामा चिन्तित छौं।

यसअघि दुई देशबीच पहिलो पटक २+२ मन्त्रीस्तरीय वार्ता भएको थियो । दुई देशबीच २०२१/३१ का लागि सैन्य-प्राविधिक सहयोग व्यवस्था अन्तर्गत भारत-रसिया राइफल्स प्रालि मार्फत ६,०१,४२७ एसल्ट राइफल एके-२०३ खरिद गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएको छ।

यसैबीच राष्ट्रपति पुटिनले दुवै देशले अन्तरराष्ट्रिय र सैन्य क्षेत्रमा सम्बन्ध विकास गर्न जारी राखेको पनि बताएका छन् ।