१२ करोड बिगो माग्दै पाँच जनाविरुद्ध मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१२ करोड बिगो माग्दै पाँच जनाविरुद्ध मुद्दा


२० मंसिर २०७८, सोमबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बारा करैयामाई गाउँपालिका–७ को यादव बिजनेस ट्रेड लिङ्कका प्रोप्राइटर सोनालाप्रसाद यादवसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ।

झुटा तथा नक्कली भ्याट बिल प्रकरणमा लिङ्कका प्रोप्राइटरविरुद्ध १२ करोड २० लाख ६१ हजार दुई सय ३३ रुपैयाँ बिगो माग्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरूमा अन्य प्रतिवादीहरूमा जय किशोर साह, परमेश्वर साह, मुकेशकुमार झा र सानुकुमार श्रेष्ठ रहेका छन्।

वस्तु तथा सेवा खरिद नै नगरी झुटा र नक्कली बिल बिजक मात्र खरिद गरेर मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोप उनीहरूलाई छ।

विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्धि कर ४ करोड, ३१ लाख १९ हजार २६ र आयकर ७ करोड ८९ लाख ४२ हजार २०७ रुपैयाँ छलेको अनुसन्धानमा खुलेको छ।

विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार प्रतिवादीलाई बिगो र बिगोको दोब्बर सजाय माग दाबी लिएर मुद्दा दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस