प्रस्तावित तीन राजदूतको नाम संसदीय समितिबाट अनुमोदन « प्रशासन
Logo ३ माघ २०७८, सोमबार
   

प्रस्तावित तीन राजदूतको नाम संसदीय समितिबाट अनुमोदन


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा. शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनै जना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस