कृषि सामग्री कम्पनीद्वारा कम गुणस्तरको मल बिक्री « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कृषि सामग्री कम्पनीद्वारा कम गुणस्तरको मल बिक्री


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । बुटवल, कृषि सामग्री कम्पनीले कम गुणस्तरको भन्दै एक हप्ता वितरण बन्द गरेको युरिया मल पुन: सहकारीलाई बाँड्न थालेको छ ।

आपूर्तिकर्ता ठेकेदारको दबाबमा कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाबाट युरिया मलको वितरण पुनः सुचारु गरेको हो । अभावको मौका छोपी तोकिएको भन्दा कम गुणस्तरको मल जानाजान वितरण हुन थालेको छ ।

स्विच सिंगापुर कम्पनीले ल्याएको २५ हजार मेट्रिक टन मल धुलो बढी भएको मन्त्रालय स्रोतले पुष्टि गरेको छ । यसबारे जानकारी हुँदाहुँदै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय भने वितरण रोक्नुको सट्टा मौन बसेको छ ।

गत साउन, भदौमा पनि कम्पनीले कम गुणस्तरको डिएपी मल बिक्री गरेको पाइएपछि अक्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुवानी गर्ने भरियादेखि महाप्रबन्धकसम्मलाई छानबिनको दायरामा ल्याएको छ ।

पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल क्षेत्रमा मल आपूर्ति गर्दै आएको प्रादेशिक कार्यालयले पाँच हजार मेट्रिक टन युरिया विक्री गरेको छ । थप पाँच हजार मेट्रिक टन मल विक्रीको तयारीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस