लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् ।

लिङ्देनले पहिलो बैठकलाई ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् ।

आज (सोमबार) धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए ।

लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशन स्थलमै विसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठुलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ लिङ्देनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस