प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी कार्यालय जाँदै देउवा « प्रशासन
Logo ११ माघ २०७८, मंगलबार
   

प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी कार्यालय जाँदै देउवा


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि आज (सोमबार) पहिलो पटक केन्द्रीय कार्यालय जाने भएका छन् ।

देउवा १४ औँ महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सहभागी हुन कार्यालय जान लागेका हुन् ।

बैठक सोमबार दिउँसो साढे चार बजे बस्दै छ । देउवाले महाधिवेशनको व्यवस्थापनका लागि गठित विभिन्न समितिका संयोजकहरूसहितको बैठक बोलाएका हुन् ।

सोमबार अपराह्न साढे ४ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि केन्द्रीय कार्यालय गएका छैनन् । उनी गत असार २९ गते पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस